देशको आर्थिक अवस्थाबारे श्वेतपत्र जारी गर्न माग

 काठमाडौँ - देशको आर्थिक अवस्थाबारे श्वेतपत्र जारी गरेर संसदलाई जानकारी गराउन माग गरिएको छ ।

बुधबार बसेको राष्ट्रिय सभा बैठकमा सांसद प्रकाश पन्थले देशको आर्थिक अवस्थाबारे श्वेतपत्र जारी गरेर सदनलाई जानकारी गराउन माग गरेका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र खराब अवस्था नरहेको र निवर्तमान अर्थमन्त्रीले आर्थिक अवस्था खराब रहेको बताएकाले श्वेतपत्र नै जारी गरेर देशको आर्थिक अवस्थाबारे सदनलाई जानकारी गराउनुपर्ने उनको भनाइ छ।