कैलालीमा ट्याक्टर दुर्घटना, २ जनाको मृत्यु

काठमाडौं - कैलालीको जोशीपुरमा ट्याक्टरमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

जोशीपुरका गाउँपालिकामा आफन्तको पास्नी भोज खाएर फर्किँदा भजनी- ९ की चाहाना चौधरी र दिलरानी चौधरीको मृत्यु भएको कैलालीका डिएसपी कुलदीप चन्दले जानकारी दिए। उनका अनुसार सो दूघर्टनामा २८ जना घाइते भएका छन्।

बर्दगोरिया गाउँपालिका- ६ सुगरखालका आफन्तको घरबाट पास्नी भोज खाएर भजनी नगरपालिका- ९ कुणीतर्फ फर्किने क्रममा उनीहरू चढेको दुर्घटनामा परेको थियो। घाइते हुनेमा पेपी डगौरा,ज्योती चौधरी,मगुली चौधरी,मेदी डगौरा,मधु चौधरी,रुपा चौधरी,हिमान्सु चौधरी लगायत रहेको प्रहरीले जनाएको छ।