सभामुख र प्रमुख सचेतकहरूको टोली आज साँझ स्विट्जरल्यान्ड जाने 

काठमाण्डौँ - सभामुख देवराज घिमिरेसहित दलका प्रमुख सचेतकहरूको टोली आज स्विट्जरल्यान्ड प्रस्थान गर्दैछ । 
अन्तर व्यवस्थापिका संघ आईपीयूको बैठकमा सहभागी हुन सभामुखसहितको स्विट्जरल्याण्ड जान लागेको संसद् सचिवालयले जनाएको छ ।

यही चैत १० गतेदेखि १४ गतेसम्म जेनेभामा हुने आईपीयूको १४८औं सम्मेलनमा भाग लिन सभामुख घिमिरेसहित १० जना त्यसतर्फ प्रस्थान गर्दैछन् ।
उनीहरू आज साँझ ५ः४० बजे कतार एयरलाइन्सको जहाजबाट दोहाहुँदै जेनेभा पुग्नेछन् ।