काठमाडौंमा बिजुलीका तार भूमिगत गरिँदै

काठमाडौँ - नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न ठाउँमा बिजुलीका तार भूमिगत गर्ने काम गर्दैछ । प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन आइतबारदेखि भूमिगत गर्ने काम प्रारम्भ हुने प्राधिकरणले जनाएको छ । विद्युतीय लाइन भूमिगत गर्दा ती क्षेत्रमा विद्युत अवरोध हुने जनाइएको छ ।

प्राधिकरणले आइतबार सार्वजनिक सूचना जारी गर्दै विद्युतीय लाइभ भूमिगत गर्ने कार्यका कारण विद्युत सेवा अवरुद्ध हुने जनाएको छ । प्राधिकरणका अनुसार यसरी काम भइरहेका बेला हरेक आइतबार विहान ९ बजेदेखि १ बजेसम्म विद्युत आपुर्ति बन्द हुनेछ ।

आइतबार महाराजगञ्ज मिनिसोदेखि पञ्चकन्या स्कुलसम्मको क्षेत्रमा विद्युत अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । त्यस्तै, माघ ९ गते गणेश चोकदेखि स्पेशल चोकसम्मको क्षेत्र, माघ १० गते चपली घुम्ती चोक, पासीकोट क्षेत्रमा विद्युत अवरुद्ध हुने जनाएको छ ।