राप्रपा नेपालले आज देशव्यापी प्रदर्शन गर्ने

काठमाडौं - राप्रपा नेपालले आज असोज ३ गते देशव्यापी प्रदर्शन गर्ने भएको छ ।

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता बोकेको भ्रष्ट शासकको पुत्ला जलाउन तथा राँके जुलुस प्रर्दशन गर्ने तयारी गरिएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । प्रदर्शनलाई व्यापकता दिई सफल बनाउन पार्टीले जिल्ला कमिटी, भातृसंगठन र आमजनतालाई आह्वान समेत गरेको पार्टीले जनाएको छ ।

संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाले मुलुकलाई संकटको दलदलमा फसाएकाले मुक्तिका लागि अब सडक संघर्षका माध्यमबाट व्यवस्था परिवर्तनमा जोड दिँदै पछिल्लो समय सडक आन्तोलनको तयारीमा रहेको राप्रपा नेपालले जनाएको छ ।