माओवादी केन्द्रले पार्टीको नाम फेर्ने

काठमाण्डौँ - नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले पार्टीको नाम फेर्ने निर्णय गरेको छ । विभिन्न वामपन्थी दलसँग पार्टी एकता गर्न पहल गरिरहेको माओवादी केन्द्रले पार्टीको नाम फेर्न लागेको हो । 

माओवादी केन्द्रले लामो समयदेखि नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपा लगायतसँग एकताका लागि पहल र छलफल गर्दै आएको छ ।
पार्टीको नाम फेर्नेबारे आगामी महाधिवेशनमा छलफल गरेर ठोस निर्णय लिन सकिने माओवादी केन्द्रको भनाइ छ ।

 माओवादी नाम राख्दा अन्य वामपन्थी दलले प्रचण्ड नेतृत्वको दलसँग एकता नगर्ने भएकाले नाम फेर्ने उक्त पार्टी तयार भएको हो । तत्कालीन एमाले र माओवादी केन्द्रले पार्टी एकता गर्दा पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चुनाव चिन्ह एमालेको सूर्य राखेका थिए । 
पछिल्लो समयमा गत भदौ २५ गते बसेको माओवादी केन्द्रका पदाधिकारीको बैठकले नेपाल कम्युनिष्ट पार्टीको पछाडि कोष्टभित्र रहेको माओवादी केन्द्रबारे नामबारे आगामी महाधिवेशनमा खुला रुपले छलफल गरी आवश्यक निर्णय लिने निर्णय गरेको छ।