'शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन राष्ट्रिय सहमति हुनुपर्छ' : महासचिव गुरुङ

काठमाण्डौँ - नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् ।

सोमबार बेपत्ता योद्धा समाज परिवार नेपालले काठमाण्डुमा आयोजना आयोजना गरेको कार्यक्रममा उनले विस्तृत शान्ति सम्झौतामा सम्मिलित दलहरूबीच सहमति नभई शान्ति प्रक्रियाको काम निष्कर्षमा पुग्न नसक्ने बताए ।

महासचिव गुरुङले विश्वमा शान्ति नचाहने शक्तिहरूले नेपालमा पनि शान्ति प्रक्रियालाई भड्काउने प्रयास गरिरहेको उनले बताए । मुलुकको आन्तरिक मामिलामा चलखेल गरेर बाह्य शक्तिले शान्ति प्रक्रियाको बाँकी कामलाई अघि बढाउन नदिएको उनले बताए ।

उनले दलहरूबीच राष्ट्र र राष्ट्रियताको सवालमा समान धारणा बनाएर अघि बढ्नुपर्ने खाँचो पनि औंल्याएका छन् ।