आज विदेशी मुद्रा सटही दर कति ?

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सटहीदरअनुसार सोमबार अमेरिकी डलरको खरिददर १०२ रुपैयाँ ८५ पैसा र बिक्रिदर १०३ रुपैयाँ ४५ पैसा रहेको छ।

युरोको खरिद मूल्य १२२ रुपैयाँ ३० पैसा, बिक्रि मूल्य १२३ रुपैयाँ ०१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको सटही दर अनुसार युके पाउन्ड स्ट्रलिङ १ को १५१ रुपैयाँ २६ पैसा खरिददर तोकिएको छ भने १५२ रुपैयाँ १ पैसा विक्रीदर रहेको छ ।

त्यसैगरी साउदी रियाल १ को ३२ रुपैयाँ २२ पैसा तथा विक्रीदर ३२ रुपैयाँ ३८ पैसा, कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ १९ पैसा तथा विक्रीदर ३३ रुपैयाँ ३६ पैसा रहेको छ ।

यस्तै जापानी एन १० को ११ रुपैयाँ ३५ पैसा खरिददर तोकिएको छ भने ११ रुपैयाँ ४० पैसा विक्रीदर तोकिएको छ । त्यसैगरी चाइनिज युआन १ को १७ रुपैयाँ ९ पैसा खरिददर र १७ रुपैयाँ १७ पैसा विक्रीदर रहेको छ ।