प्रतिनिधि सभा बैठक १० दिन बन्द, सभामुख र प्रमुख सचेतकहरू स्वीट्जरल्याण्ड जाँदै !

काठमाडौँ - प्रतिनिधि सभाको बैठक १० दिनका लागि स्थगित भएको छ । सभामुखसहित दलका प्रमुख सचेतकहरू अन्तर व्यवस्थापिका संघ आइपियूको बैठकमा सहभागी हुन स्वीट्जरल्याण्ड जाने भएपछि बैठक १० दिनका लागि स्थगित गरिएको हो ।

सभामुख देवराज घिमिरेसँगै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेकपा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार, राष्ट्रिय सभा सांसद गंगा बेलबासे स्वीट्जरल्याण्ड जाने कार्यक्रम छ ।