सत्तारुढ गठबन्धनको साझा कार्यक्रम कागजको खोस्टाजस्तै भएको सांसद प्रेम सुवालको टिप्पणी

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सत्तारुढ गठबन्धनले सार्वजनिक गरेको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प नामक कार्यक्रम कागजको खोस्टाजस्तै भएको टिप्पणी गरेका छन्।

प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा बुधवार भाग लिँदै सांसद सुवालले यस्तो बताएका हुन् ।

उनले मंगलवार सार्वजनिक गरेको सो कार्यक्रममा सरकारी जग्गा व्यक्तिको नाममा गएको खारेज गर्ने, कोशी, गण्डक, महाकाली, माथिल्लो कर्णाली लगायत देशघाती सम्झौता खारेज गर्ने उल्लेख नभएको जिकिर गर्दै त्यसको कुनै अर्थ नभएको बताए।

सांसद सुवालले गरिवी हटाउने योजना बनाउँदा चीनबाट सिक्न पनि सरकारलाई सुझाव दिए। उनले प्रांगारिक खेतीबारे क्युवाबाट जानकारी लिन पनि सरकारलाई सचेत गराए।