सांसद सुवाल भन्छन्-'गठबन्धनको साझा कार्यक्रम कागजको खोस्टो हो' 

काठमाडौँ - नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सत्तारुढ गठबन्धनले सार्वजनिक गरेको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प नामक न्यूनतम साझा कार्यक्रम कागजको खोस्टाको संज्ञा दिएका छन् ।

सत्तारुढ पाँचदलीय गठबन्धनले सरकार सञ्चालनका लागि मंगलवार सार्वजनिक गरेको सो कार्यक्रममा सरकारी जग्गा व्यक्तिको नाममा गएको खारेज गर्ने, कोशी, गण्डक, महाकाली, माथिल्लो कर्णाली लगायत देशघाती सम्झौता खारेज गर्ने उल्लेख नभएको जिकिर गर्दै त्यसको कुनै अर्थ नभएको टिप्पणी गरेका हुन् । 

प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा आज ९बुधबार० भाग लिँदै सांसद सुवालले गरिवी हटाउने योजना बनाउँदा चीनबाट सिक्न पनि सरकारलाई सुझाव दिए । उनले प्रांगारिक खेतीबारे क्युवाबाट जानकारी लिन पनि सरकारलाई सचेत गराए ।