८ महिनामा नेपालको व्यापार घाटा सवा ९ खर्ब, आयात–निर्यात कति  ? 

काठमाडौँ - चालु आर्थिक वर्ष २०८०र८१ को  ८ महिनाको अवधिमा नेपालले सवा ९ खर्ब व्यापार घाटा व्यहोरेको छ ।
भन्सार विभागले सार्वजसनक गरेको वैदेशिक व्यापार तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको फागुन मसान्तसम्म्मा नेपालले ९ खर्ब २९ अर्ब ६० करोड ५२ लाख रुपैयाँ व्यापार घाटा व्यहोरेको हो ।

तथ्याङ्क अनुसार गत आर्थिक बर्ष २०७९र८० को फागुन मसान्तसम्ममा नेपालले ९ खर्ब ५३ अर्ब ५८ करोड ९३ लाख रुपैयाँ व्यापार घाटा व्यहोरेको थियो ।  यता, नेपालले चालु आर्थिक बर्षको ८ महिनाको अवधिमा ११ खर्ब ३० अर्ब ८४ करोड १ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको थियो । गत आवको सोही अवधिमा नेपालले ११ खबै ६३ अबै १८ करोड १७ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको थियो ।

यस्तै, चाल आवको फागुनसम्ममा नेपालले १० खर्ब ३० अर्ब २२ करोड २७ लाख रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ । गत आवको सोही अवधिमा १० खर्ब ५८ अर्ब ३८ करोड ५५ लाख रुपैयाँको वस्तु तथा सेवा आयात गरेको थियो । 

त्यसैगरी गत आवको ८ महिनामा नेपालले १ खर्ब ४ अर्ब ७९ करोड ६१ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको थियो । चालु आवको सोही अवधिमा नेपालले १ खर्ब ६१ करोड ७४ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको छ । साथै, नेपालले आयात गरेको वस्तु तथा सेवाबाट २ खर्ब ७० अर्ब ७८ करोड ५६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।