अब बालाजु जलाधार क्षेत्रबाट ३ करोड लिटर पानी जमिनमुनि पठाइने

काठमाडौँ - बालाजु पार्कको जलाधार क्षेत्रबाट वार्षिक करिब ३ करोड लिटर ३० हजार किलोलिटर पानी पुनःभरण हुने प्रणाली निर्माण गरिएको छ । यो बर्खामा आकाशबाट परेको पानी जमिनमुनि पठाउने प्रणाली हो । काठमाडौं महानगरपालिकाले कोकाकोला वेभरेज नेपाल, सेन्टर फर इन्टिग्रेटेड अर्वन डेभलपमेन्ट र वाटर एड नेपालसँगको सहकार्यमा सो प्रणाली विकास गरेको हो ।

रिचार्ज प्रणालीमा २१ वटा फिल्टर च्याम्बर, २१ वटै रिचार्ज इनार, दुईवटा डिसिल्टिङ चेम्बर, ७५ फिट अग्लो रिचार्ज ट्रेन्च र सातवटा बाँसका चेक ड्याम बनाइएको छ । निर्माण साझेदारले संयुक्त रुपमा सो प्रणाली त्यसको सञ्चालन गर्ने विधि समेटिएको पुस्तिका महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोललाई शुक्रबार हस्तान्तरण गरे । परियोजनाबारे बुझिसकेपछि उपप्रमुख डंगोलले, बालाजु क्षेत्रमा पानीको प्राकृतिक वहाव बढ्ने अपेक्षा व्यक्त गरे ।