सहकारी नियमनमा कडाई गरिने, बचतको सुरक्षा गरिने

काठमाडौँ - सरकारले बचत तथा सहकारी संस्थामा देखिएको समस्या समाधान गर्ने भएको छ ।

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । यतिबेला बचत सहकारीहरु आर्थिक समस्यामा छन् ।


सरकारको आगामी नीति तथा कार्यक्रममा सहकारीमा बचत कर्ताको लगान सुरक्षा गरिने, सहकारीलाई कडाई साथ नियमन गरिने पनि उल्लेख छ । सहकारीलाई उत्पादन मुलक क्षेत्रमा लगानीक गर्न प्रेरित गरिने पनि राष्ट्रपति पौडेलले घोषणा गरे ।