रविले कांग्रेसलाई साथ नदिएपछि बदनाम गर्न थालेको एमाले अध्यक्ष ओलीको आरोप 

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसलाई साथ नदिएको कारण अहिले बदनाम गर्न थालेको आरोप लगाएका छन् ।

मंगलबार धनगढीमा पत्रकारसँग कुरा गर्दै उनले लामिछानेको कुनै सहकारी नभएको बताए ।

“उनको कुनै सहकारी छ ? कुनै सहकारीमा संलग्नता छ ?,”  “नेपाली कांग्रेसतिर रवि लामिछाने र उनको पार्टी लागेन त्यसो भएर बदनाम गर्न खोज्ने, फसाउन खोज्ने काम भएको छ,” ओलीले भने, “नेपाली कांग्रेसले सरकारबाट हट्नुपरेको पीडाको छटपटीमा छाती पिटेर रुँदै के भन्छ त्यसलाई महत्त्व दिन आवश्यक छैन ।” 

कांग्रेसले लामिछानेको नाम सहकारी ठगीमा मुछिएको भन्दै राजीनामाको माग गर्दै आएको छ ।