माओवादी पदाधिकारी बैठक बस्दै, महरा बारे छलफल हुने

काठमाडौँ - सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेपछि भिन्न परिस्थितिमा छलफल गर्नका लागि बैठक बोलाइएको हो । बैठक बिहान ८ बजे देखि सुरू हुनेछ ।

बैठकमा समसमायिक राजनीतिक विषयमा कुराकानी हुने तथा पदाधिकारीदेखि केन्द्रिय नेताहरूको कार्यविभाजनको बारेमा पनि छलफल हुने जनाइएको छ ।

महरामाथि विद्युतीय चुरोट भेपमा सुन तस्करी गरेको आरोप छ ।