'काँग्रेसले गृहमन्त्री रविको साथ नपाएकाले फसाउन खोजिरहेको छ' : केपी ओली

काठमाडौँ  - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् गृहमन्त्री रवि लामिछानेलाई फसाउन खोजिरहेको बताएका छन् । 

प्रेस चौतारी नेपाल कैलाली शाखाले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले आफूतिर नलागेको भन्दै काँग्रेसले सहकारीसँग सम्बन्धित नै नरहेका लामिछानेलाई फसाउन खोजिरहेको बताएका हुन् । 

‘रवि लामेछाने सहकारीमा संलग्न भएको, सहकारी डुबाएको वा अरु कुनै कुरा प्रमाणित भएको छैन तर काँग्रेसले आफुतिर नलागेकाले बदनाम गर्न र फसाउन खोजिरहेको छ’ ओलीले भने ।