गृहमन्त्रीको बचाउमा प्रधानमन्त्री, ‘ भने– सहकारीमा रविमाथि अनुसन्धान गर्नै नपर्ने प्रहरी ब्रिफिङ छ’

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाउमा लागेका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमाआकस्मिक, शून्य र विशेष समयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले सहकारी अनियमितता प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्नुनपर्ने भनेर प्रहरीले नै ब्रिफिङ रहेको बताए । 

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले उठाएको विषयमा संसदमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रीको बचाउ गरेका हुन् ।