स्कुल बसले ठक्कर दिँदा बालकको मृत्यु

काठमार्डाँ । स्कुल बसको ठक्करले पोखरामा एक जना बालकको मृत्यु भएको छ । पोखरा महानगरपालिका- २४ कास्किकोट काउलेमा आफै पढ्ने स्कुलको बसले ठक्कर दिँदा बालकको मृत्यु भएको हो ।

शुक्रबार दिउँसो पौने ३ बजेतिर बाल प्रतिभा बोर्डिङ स्कुलको ग १ क ४०८२ नम्बरको बसले नर्सरीमा पढ्ने समीर कार्कीलाई ठक्कर दिएको थियो ।

सोही बसबाट झरेर घर जान लाग्दा बसले ठक्कर दिएपछि घाइते समीरलाई उपचारका लागि पोखरा –८, सिर्जना चोकको मेट्रोसिटी अस्पताल लगिएकोमा उपचारका क्रममा साँझ ४ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले बस र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए ।