रुपन्देहीको देवदहमा टिपर दुर्घटनामा आमाछोरीको मृत्यु 

रूपन्देही - रुपन्देहीको देवदहमा टिपर दुर्घटनामा आमाछोरीको मृत्यु भएको छ । देवदह नगरपालिका–६ स्थित गिद्धे भीरमा लु २ ख ४५०९ नम्बरको टिपर दुर्घटना हुँदा माथागढ़ी गाउँपालिका ६ रहबासका ३५ वर्षीया भिमिसरा सारु र उनकी ६ वर्षीया छोरी सस्वती सारुको मृत्यु भएको प्रहरीले जनाएको छ । विपरीत दिशाबाट आउँदै गरेको सवारी साधनलाई साइड दिने क्रममा टिपर दुर्घटनामा परेको हो ।