अलविदा योगेश वैद्य दाइ !

काठमाण्डौँ - नेपाली लोक कला क्षेत्रमा एउटा बिर्सनै नसकिने नाम हो, योगेश बैघ, उनले गाएका गित, उनका रचना तथा आवाजले हामी सबैलाई मोहित पारेको थियो तर अहिले उनको निधनको खबरले हामीमा एउटा ठुलो देशको गहना अस्ताएको अनुभुति भईरहेको छ । गायक योगेश वैद्यको ७७ वर्षको उमेरमा निधन भएको हो । गएराति स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लाने क्रममा राति करीब साढे १२ बजे उनको निधन भयो । 

विसं २००३ मा नरदेवीमा जन्मिएका वैद्यले राष्ट्रिय गीत सम्मेलनमा प्रथम तथा छिन्नलता गीत पुरस्कार प्राप्त गरेका छन् । वैद्य सेवानिवृत्त सरकारी कर्मचारी पनि थिए । गायक वैद्यको केही समयअघि मिर्गौला समेत प्रत्यारोपण गरिएको थियो भने उनी केही समयदेखि पक्षाघात सम्बन्धी समस्या समेत झेलिरहेका थिए । 

जीवन भनेको उड्नु होइन, हिँड्नु हो । कहिले अगाडि, कहिले पछाडि । त्यही पनि नसकेपछि योगेशलाई गुड्नु नै जिन्दगीजस्तो लाग्न थालेको छ । त्रिपुरेश्वर, मिलनमार्गस्थित घर नै उनको संसार थियो । उनलाई भेट्न बच्चुकैलाश, प्रेमध्वज प्रधान, किरण खरेल, यादव खरेल आदि घरमै पुग्थे । 
नेपाली संगीतको नितान्त फरक भूगोलमा थिए योगेश । कहिले अत्यन्त रुचाइएको, कहिले ध्यानै नदिइएको । पछिल्लो काल न युट्युबमा भेटिन्छन्, न त एफएम स्टेसनमै घन्किन्थे ।  “योगेश वैद्य मेरो असली नाम हो र † बाबुले राखिदिएको नाममा कति झुन्डिएर बस्ने ?” उनको जिकिर थियो  “म गायक भएर जन्मेको होइन, समाजले मलाई जन्माएको हो । गीत गाह्रो भएको पनि जिन्दगीबाट अलि टाढा भएर त होइन ?”
वैद्यले ‘सपना भुलाई सारा आँसु पिएर जाऊ’, ‘चोट दिलमै रातदिन’, ‘आँखैमा रात’, ‘नेपाल मेरो तिमीलाई’ लगायत थुप्रै लोकप्रिय गीत गाएका छन् । नेपाली सहित नेपालभाषामा पनि उनले गीत गाएका छन् । 

भीडमा लोकप्रिय हुने चेष्टा उनले कहिल्यै गरेनन्, भाषण खोजेर गाउँदै हिँडेनन् पनि । छायातिर उनलाई कहिल्यै रुचि भएन । उनको अर्जुनदृष्टि सदैव असलीतिरै रह्यो । त्यसैले उनका गीत भावपूर्ण र काव्यिक छन् । उनका लागि गीत भनेको जेनतेन तुकबन्दी र ऐयासीको साधन होइन, भावनात्मक गहिराइ अनि मानवीय गुणको परिष्कृति हो ।

६ दशक लामो सांगीतिक यात्रामा योगेशले पिञ्जडाको सुगा, डाँफे चरी आदि गीतिनाटकमा गाए । ४ सय ५० गीतमा आवाज दिए भने ५० वटामा संगीत । लेखनाथ पौडेलको ‘गुणको वैरी मानुष जाति’ देखि जी शाहको ‘मेरो आँसुमा नहाँसेसम्म ।’ तर, जनसाधारणमा उनलाई चिनाउने गीत एउटै भयो, ‘सपना भुलाई सारा।। ।’ शिव अधिकारीको शब्द तथा नाती काजीके संगीतमा रहेको सपना भुलाई सारा बोलको गितले उनको सांगीतित क्षेत्रलाई चर्चाको शिखरमा पुर्याईदियो । जुन गितको माधुर्य र मर्मले अझै पनि नेपाली सुगम संगीतका प्रेमिहरुके जिब्रो रसाईरहन्छ 
एनले गाएका गितहरु ध्ेरै चर्चामा छन् । नेपाल मेरो तिमीलाई यो देशभक्ति गितले पनि तपाई हाम्रो मुटुलाई कमाईदिने आवाज तथा संगीत छ । 

त्यसो त, मवीवी शाहका ‘नेपाल मेरो तिमीलाई,’ ‘प्रीति गरेर सबमा’, ‘चोट दिलमै रातदिन’, ‘उडेर चरी आउँछ’ आदि गीत पनि गाएका छन् उनले । जी शाहका सबैभन्दा बढी अर्थात्, १८ गीत गाउने पनि उनै हुन् । यसै कारण दरबार या राजाको मान्छे भन्ने बिल्ला पनि छ उनमा ।
उनका श्रीमती, दुई छोरी र एक छोरा छन् । अलविदा योगेश वैद्य दाइ !