नेपाल प्रहरीका ८२६ हवल्दारको बढुवा 

काठमाडौँ - नेपाल प्रहरीका ८२६ जना हवल्दारहरू प्रहरी वरिष्ठ हवल्दारमा बढुवा भएका छन् । प्रहरी उपरीक्षको गत बुधबारको निर्णयअनुसार उनीहरूको बढुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बढुवा भएका वरिष्ठ हवल्दारहरूलाई प्रचलित नियम बमोजिम तलबभत्ता तथा रासन समेत हाल पदस्थापन भएको दरवन्दीबाट उपलब्ध गराउन प्रधान कार्यालयले राष्ट्रिय कितावखाना ९प्रहरी०, लैनचौर, काठमाडौँलाई लेखेको पत्रमा उल्लेख छ ।