सुन/चाँदी तोलाको कतिमा हुँदैछ कारोवार ?


काठमाडौँ  - नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। मंगलबार सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ।

सोमबार प्रति तोला १ लाख १० हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ ।

 चाँदी प्रति तोला १ हजार ४ सय ३५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले घटेको हो ।