सर्वोच्च परिसरबाट हतियारसहित दुर्गा प्रसाईंका बडिगार्ड पक्राउ

काठमाडौँ - दुर्गा प्रसाईँका बडीगार्ड सर्वोच्च अदालत भित्रबाट हतियारसहित पक्राउ परेका छन् ।

पक्राउ पर्ने दीपक खड्कासहित दुई जना रहेको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट एउटा पेस्तोल भेटिएको छ । पक्राउ परेका खड्का झापाको बुद्धशान्ति गाउँपालिका–३ का स्थायी बासिन्दा हुन् ।

प्रसाईँ आज मुद्दाको सुनुवाइका लागि सर्वोच्च पुगेका थिए । प्रसाई गाडीसहित सर्वोच्च पुगेका थिए । प्रसाईंले विभिन्न सञ्चारमाध्यममा आफूले हतियारसहितका बडिगार्ड राखेको बताउँदै आएका थिए । आफूसँग जुध्नेसँग आफ्ना बडिगार्ड र निजी सेनाले प्रतिकार गर्ने उनले बोल्दै आएका थिए ।
आफुसँग भएका हतियार वैधानिक भएको पनि उनको जिकिर रहँदै आएको छ ।