परराष्ट्र सम्बन्ध र कूटनीतिका सम्बन्धमा राष्ट्रिय सहमति आवश्यक छ : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले परराष्ट्र सम्बन्ध र कूटनीतिका सम्बन्धमा राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् ।

सोमबार प्रतिनिधि सभामा बेल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले कूटनीतिक आचारसंहिता पालनाका लागि कडा कदम चाल्ने दाबी गरेका छन् ।

उनले भने, ‘परराष्ट्र सम्बन्ध र कूटनीतिक मामिलामा राष्ट्रिय सहमतिको आवश्यकता छ । आचारसंहिता पालनामा सरकार कडा हुन्छ । देशको हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र मामिलामा सहमतिको साथ अगाडि बढ्नुपर्छ ।’

देशको हितलाई केन्द्रमा राखेर सबैले सहमतिको साथ अगाडि बढ्नुपर्नेमा  उनको जोड रहेको छ ।