महरालाई उपचारका लागि नर्भिकमा भर्ना

काठमाण्डौँ - नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।
जिल्ला अदालत काठमाडौंले सुन तस्करी प्रकरणमा पक्राउ महराको उपचारको व्यवस्था गर्न आदेश दिएसँगै नर्भिकमा भर्ना गरिएको हो ।

संगठित निवारण ऐन २०७० को दफा ३ र ४ बमोजिम मतियारको कसुरदार रहेको प्रहरी प्रतिवेदनका आधारमा सोमबारदेखि लागु हुने गरी उनलाई न्यायाधीश दुर्गाप्रसाद खनालले ४ दिन हिरासतमा राख्न अनुमति दिएका थिए । उक्त आदेशका क्रममा न्यायाधीश खनालले महराको उपचारको बन्दोबस्त मिलाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० निर्देशन दिएका थिए । 

महराले इजलासमा आफू टीबी, युरिक एसिड र प्रोस्टेटको बिरामी रहेको बताएका थिए । उनले आफूलाई विभिन्न रोग रहेको बताएपछि अदालतले अनुसन्धानको जिम्मेवारी लिएको सीआईबीलाई उपचार व्यवस्था गर्न निर्देशन दिएको थियो । सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले महराले पहिले पनि नर्भिकमै उपचार गर्दै आएकाले त्यहीँ भर्ना गरिएको बताएका छन् ।