बागलुङका एक युवाद्धारा दुर्गा प्रसाईंमाथि हातपात

बागलुङ - मेडिकल व्यवसायी तथा नागरिक अभियन्ता दुर्गा प्रसाईंलाई एक युवाले हातपात गरेका छन् । बागलुङको लोकतान्त्रिक चोकमाआयोजित सभालाई सम्बोधन गर्न पुगेका प्रसाईंलाई  रामकान्त गौतमले हातपात गरेका हुन् । 

उनीमाथि हातपात गर्ने बागलुङकै धौलागिरी चोकमा जुत्ता पसल गर्ने ३७ वर्षका गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।