सामुदायिक विद्यालयमा स्मार्ट स्कुल कार्यक्रम सञ्चालन गरिने

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले माध्यामिक तहका केही सामुदायिक विद्यालयहरुमा गुणस्तरीय शिक्षाका लागि स्मार्ट स्कुल कार्यक्रम सञ्चालन गर्ने बताएकी छन् ।

बिहीबार आफूले मन्त्रालय सम्हालेको एक वर्ष पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले यसै वर्षबाट सरकारले माध्यामिक तहका केही सामुदायिक विद्यालयहरुमा गुणस्तरीय शिक्षाका लागि स्मार्ट स्कुल कार्यक्रम अघि बढाउने तयारी भएको बताइन् ।