पूर्वराजा ज्ञानेन्द्र शाहद्धारा प्रसिद्ध धार्मिकस्थल गढीमाईमा पूजापाठ, स्थानीयद्धारा स्वागतसहित नाराबाजी

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले बाराको प्रसिद्ध धार्मिकस्थल गढीमाई मन्दिर पुगेर पूजापाठ गरेका छन् । बिहीबार साँझ गढीमाई मन्दिर पुगेर उनले पूजापाठ गरेका हुन् ।

गढीमाईमा पूर्वराजा शाहलाई स्थानीयले स्वागत गरेका थिए । उनीहरूले ‘राजा आऊ देश बचाऊ’, ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’, ‘राजा कसको जनताको, जनता कसको राजाको’सहितका नारा पनि लगाएका थिए । पूर्वराजा शाह बारा, पर्सा, रौतहटसहितका जिल्लाको भ्रमणमा