रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, के छ एजेन्डा ?   

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ।

आइतबार बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेगरी बैठक बोलाइएको सह–प्रवक्ता प्रतिभा रावलले जानकारी दिइन्। आज हुने भनिएको पत्रकार सम्मेलन पनि केन्द्रीय समिति बैठक पश्चात् हुने भएको छ।

हिजो चीन भ्रमणमा रहेको नेताहरुको टोली स्वदेश फर्किएपछि आज पत्रकार सम्मेलन गर्ने भनिएको थियो। बैठकमा समसामयिक राजनीतिक गतिविधि, पार्टीका नेताहरूको चीन भ्रमण, पार्टी गतिविधि रिपोर्टिङ, प्रथम राष्ट्रिय भेलाको समीक्षा, स्थानीय तह उपनिर्वाचन र महाधिवेशन केन्द्रित छलफल हुने बताइएको छ।

सरकारले पार्टी सभापति रवि लामिछानेमाथि सहकारी प्रकरणमा अनुसन्धान गर्न पक्राउ गर्ने तयारी गरेपछि पार्टीपंक्ति झस्किएको छ। पक्राउ गरे त्यसको प्रतिवाद गर्ने तयारीमा नेताहरु छन्।