सिस्नेरी पहिरोमा परेका ६ खेलाडीकै मृत्यु  

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फा अन्तर्गत मकवानपुरको सिस्नेरीमा खसेको पहिरोमा परेका ६ जना खेलाडीकै मृत्यु भएको जनाएको छ ।

शुक्रबार राति एक विज्ञप्तिमार्फत (एन्फा) ले मकवानपुरस्थित इन्द्रसरोवर गाउँपालिकाको श्री वात्सल्यदेवी उच्च माध्यमिक विद्यायलमा सञ्चालित एन्फा एकेडेमीका ६ खेलाडीको निधन भएको जनाएको हो ।

ज्यान गुमाउनेमा दिवश बाँनिया, प्रियान्स आचार्य, अनुपम घलान, साइमन योञ्जन, विकल रेग्मी र आदित्य बलम्पाखी रहेको एन्फाले जनाएको छ ।

एन्फाका अनुसार, शुक्रबार बिहान ६ः३० बजे सुरक्षित स्थानमा सार्ने क्रममा ६ खेलाडी पहिरोमा परेका थिए । मृतक सबै खेलाडीको शव हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

एन्फाले एकेडेमी बाँकी खेलाडीलाई हाल सातदोबाटोस्थित एन्फा मुख्यालयमा रहेको एकेडेमीमा राखेको छ । केही खेलाडीलाई भने अभिभावकको जिम्मा लगाइसकेको एन्फाले जनाएको छ ।