सुनको मूल्‍य तोलामा एक लाख ६१ हजार दुई सय पुग्‍यो   

काठमाडौँ । लगातार उकालो लागेको सुनको मूल्य आज पनि वृद्धि भएको छ। तोलामा रु पाँच सयले वृद्धि हुँदा सुन हालसम्मकै महङ्गो हुन पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा भएको वृद्धिको प्रभाव स्थानीय बजारमा पर्दा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो। आजका लागि रु एक लाख ६१ हजार दुई सय निर्धारण भएको छ।

चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन। महासङ्घले चाँदीको मूल्य प्रतितोला रु एक हजार नौ सय ५५ मूल्य निर्धारण गरेको छ।