प्रभु साहकी पत्नीको मेयर पद चैट !

 काठमाडौँ - रौतहटको मौलापुर नगरपालिकाका नगर प्रमुख रिनाकुमारी साहको पद गएको छ । निर्वाचन आयोग एकले सूचना जारी गर्दै प्रमुख साहको पद रिक्त भएको जनाएको हो ।

२०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा ९एमाले०बाट निर्वाचित भएकी उनले दल त्याग गरी अन्य दलको सदस्यता लिएका कारण प्रमुख पद गएको निर्वाचन आयोगले जनाएको हो ।

अहिले उनी आम जनता पार्टीमा आबद्ध छिन् । उनी एमाले छाडेर आम जनता पार्टी गठन गरेका प्रभु साहकी पत्नी समेत हुन् ।