श्रीमतीको हत्या गरी श्रीमान फरार

काठमाडौँ । महोत्तरीमा आफ्नै श्रीमतीको हत्या गरी एकजना फरार रहेको प्रहरीले जनाएको छ ।

महोत्तरी गाउँपालिका १ सोनखडा बस्ने ४५ वर्षीय हबिब नदाफले आफ्नो श्रीमतीको हत्या गरेर फरार भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

नदाफले शुक्रबार राति ५/६ वर्ष की छोरी सानिमासँग सुत्न गएको अवस्थामा ३६ वर्षीया श्रीमती रोशना खातुनलाई कुटपिट गरी हत्या गरेर फरार भएको निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक धर्मराज मुडभरीले जानकारी दिए।

श्रीमतीलाई कुटपिट गरी मृत अवस्थामा घरमा छोडेर फरार भएपछि उनको छोरी सानिमाको घरबाट शनिबार बिहान फर्केपछि रोई कराई गर्दा स्थानीय मानिसहरूले बिहान करिब साढे ८ बजेको समयमा प्रहरीलाई जानकारी गराएको थियो।

महोत्तरीका प्रहरी उपरीक्षक नकुल पोखरेलको कमाण्डमा टोली घटनास्थल पुगी मुचुल्का उठाएको थियो। शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको तथा फरार भएको हबिबको खोजतलास र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ।