गठ्ठाघर दुर्घटना गृहमन्त्रीको निर्देशनपछि बन्यो चार सदस्यीय छानबिन समिति 

काठमाडौँ । भक्तपुरको गठ्ठाघरमा भएको सवारी दुर्घटनाको छानबिन चार सदस्यीय समिती गठन गरिएको छ । गृहमन्त्री रमेश लेखकको निर्देशनपछि समिति  गठन गरिएको हो ।

शुक्रबार साँझ भक्तपुरका सहायक जिल्ला अधिकारी डोरेन्द्र निरौलाको नेतृत्व चार सदस्यीय छानबिन समिति गठन भएको हो ।

निरौला नेतृत्वको समितिमा भक्तपुर परिसरमा कार्यरत प्रहरी नायव उपरीक्षक राजन कार्की, यातायात व्यवस्था, सवारी चालक अनुमति पत्र राधेराधेमा कार्यरत मेकानिकल इन्जिनियर उत्तम बस्नेत र नागरिक समाजकर्मी तुलसीहरि कोइराला सदस्य छन् ।

दुर्घटनाका सम्बन्धमा सरोकारवाला सबै पक्षसँग छलफल गरेर सत्यतथ्य अध्ययन गरी एक साताभित्र प्रतिवेदन पेस गर्न समितिलाई कार्यादेश दिइएको छ ।

गृहमन्त्री लेखकले गठ्ठाघर दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्त कुँवरलाई निर्देशन दिएका थिए ।

बिहीबार दिउँसो भक्तपुरको गठ्ठाघर चोकनजिकै ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुंगा स्थायी घर भएका उत्तम कोइरालाको मृत्यु भएको थियो ।