मलाई बधाई म्यासेन्जरबाटै दिनू, खादा-माला लिएर नआउनू : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई बधाई तथा शुभकामना दिन चाहनेले डिजिटल माध्यमबाट पठाउन आग्रह गरेका छन् ।

उनले प्रत्यक्ष भेटेरभन्दा डिजिटल माध्यमबाट शुभकामना दिँदा समयको बचत हुने भएको बताउँदै भेटमा पनि खादा-मालाको प्रयोग पनि नगर्न अनुरोध गरेका छन् ।

ओलीले बुधबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘शुभेच्छुक सबैलाई सकेसम्म म्यासेन्जरबाट सन्देश पठाउन र भेटमा पनि खादा(माला प्रयोग नगर्न अनुरोध गर्छु ।’