प्रधानमन्त्री ओलीले आइतबार सदनमा विश्वाशको मत लिने

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते आइतबार संसदमा विश्वाशको मत लिने भएका छन् । नेकपा माओवादी केन्द्रसँगको गठबन्धन तोडेर कांग्रेससँग सत्ता सहकार्य सुरु गरी प्रधानमन्त्री बनेका ओलीले ६ गते संसदमा विश्वाशको मत लिन लागेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० र एकीकृत समाजवादी नेकपा एसबाहेक अन्य दलले साथ छाडेपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिएपछि नयाँ सरकार गठन भएको हो । प्रचण्डको राजीनामापछि राष्ट्रपति रामचन्द्र पौडेलले असार ३० गते ओलीलाई संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री नियुक्त गरेका थिए ।

प्रधानमन्त्रीमा ओलीको यो चौथो कार्यकाल हो । ठूलै राजनीतिक फेरवदल नभए ओलीले सदनमा विश्वासको मत पाउने पक्का छ । ओली यसअघि २०७२ असोज २५ गते, २०७४ फागुन ३ गते र २०७८ वैशाख ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए ।

प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीले नेपाली कांग्रेस, एमाले, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी समेटेर २२ सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन् ।