गृहमन्त्री लेखकसँग भारती राजदूत श्रीवास्तवबीच शिष्टाचार भेट  

काठमाडौँ । गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्वले शिष्टाचार भेट गरेका छन्।

आज बुधबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा उनीहरुबीच नेपाल भारत सम्बन्धका विविध आयाम तथा द्विपक्षीय हितका बारेमा छलफल भएको मन्त्री लेखकको निजी सचिवालयले जनाएको छ।

त्यस अवसरमा राजदूत श्रीवास्तवले नवनियुक्त मन्त्री लेखकलाई बधाई ज्ञापन गर्नुहुँदै नेपालमा देखिएका प्राकृतिक प्रकोपलगायत समस्या समाधान गर्न भारत सरकार आवश्यक सहयोग र सहकार्य गर्न तयार रहेको बताए।

यस्तै भारतीय लगानीमा नेपालमा सञ्चालन भइरहेका आयोजनालाई निर्धारित समयमा सम्पन्न गर्न दुवै पक्ष आपसी समन्वय र समझदारीका साथ अगाडि बढ्नेबारेमा छलफल भएको बताइएको छ ।