'काठमाडौं महानगरको कर्मचारीले भ्रष्टचार गरे मेरो मोबाइलमा खबर गर्नुहोस्' : बालेन शाह

काठमाडौँ - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले महानगरका कर्मचारीले भ्रष्टचार गरे प्रमाणसहित उजुरी दिन अपिल गरेका छन् ।

यसका लागि उनले आफ्नो सम्पर्क नम्बर सावजनिक गर्दै महानगरकका कर्मचारीले भ्रष्टचार गरे प्रमाणसहित उजुरी दिन भनेका छन ।
‘हामी भ्रष्टाचार भएको हेर्न सक्दैनौ, हाम्रो अधिकार क्षेत्र काठमाडौं महानगर पालिका कार्यालयमा कुनै नि कर्मचारीले कुनै पनि प्रकारमा पैसा मागेमा प्रमाण सहित हामीलाई सम्पर्क गर्नु होला भिडियो अडियो सहित ।’ सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मेयर बालेनले भनेका छन्, ‘कसैले बिना प्रमाण यस्ले यति भ्रष्टाचार गर्‍यो भनेर आरोप लगाउनु भन्दा पनि प्रमाण जुटाउनु होला । हामी लाई 9863592011 मा whatsapp मा प्रमाण सहित सम्पर्क गर्न सक्नु हुनेछ । यो मोबाइल मैले मात्र बोक्ने भएको हुनाले पठाउने को नाम गोप्य राखिनेछ ।’