सुनको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ? 

 काठमाडौँ - २०८० सालको पहिलो कारोबार दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ ।

गत चैत ३० गते प्रति तोला १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ८ सयले घटेर प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य स्थिर रहेर प्रति तोलाको १ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ ।