माथिल्लो अरुण जलविद्युत आयोजनाका लागि विश्व बैंकले १ खर्ब ३० अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउँदै

 काठमाडौँ - माथिल्लो अरुण जलविद्युत आयोजनामा बनाउन विश्व बैंकले १ खर्ब ३० अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउनेभएको छ ।

विश्व बैंक र आइएमएफको संयुक्त वार्षिक बैठकमा सहभागी भएर आईतवार स्वदेश फर्किनुभएका अर्थमन्त्री डा। प्रकाशशरण महतले यस्तो बताएका हुन् । उनले विश्व बैंक माथिल्लो अरुण जलविद्युत आयोजनामा १ खर्ब ३० अर्ब रुपैया सहुलियतपूर्ण ऋण सहायता दिन सकारात्मक भएको बताएका थिए । अर्थमन्त्री महतले अरूण जलविद्युत आयोजनामा विश्व बैंकको सहुलियतपूर्ण कर्जाको अंश बढाउने, निजी क्षेत्रबाट स्वलगानी बढाउने विषयमा नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलले आगामी हप्ता वासिङटनमा प्राविधिक तथा वित्तीय पक्षसँग छलफल समेत गर्ने तयारी रहेको बताए ।