खानेपानीमन्त्री यादवद्वारा पदभार ग्रहण  

काठमाडौँ । नवनियुक्त खानेपानीमन्त्री प्रदीप यादवले पदभार ग्रहण गरेका छन् । सोमबार राष्ट्रपति कार्यालयमा आयोजित शपथ ग्रहणलगत्तै सिंहदरबारस्थित मन्त्रालयमा पुगेर खानेपानीमन्त्री यादवले पदभार ग्रहण गरेका हुन् ।

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का नेता समेत रहेका यादव  २३ वैशाखमा जसपा नेपाल फुटेर जसपा बनेपछि उनी स्वास्थ्य मन्त्री बनेका थिए ।