टोपबहादुर रायमाझीलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

 काठमाडौँ - नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझीलाई ३ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले रायमाझीलाई अनुसन्धानका लागि ३ दिन प्रहरी हिरासतमा राख्न अनुमति दिएको हो ।