प्रधानमन्त्री दाहाल र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा दाहाल र तिमिल्सिनाबीच संसद् प्रभावकारी बनाउने विषयमा छलफल भएको तिमिल्सिनाका प्रेस संयोजक दुर्गाप्रसाद शर्माले जानकारी दिए ।

उनका अनुसार संसद्को चालू बजेट अधिवेशनलाई प्रभावकारी बनाउने र सरकारको नीति तथा कार्यक्रम पेश गर्न संसदको संयुक्त बैठक कहिले बस्नेलगायतका विषयमा छलफल भएको छ ।