टोपबहादुरलाई आज अदालतमा उपस्थित गराइँदै

काठमाडौँ - नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई आज अदालतमा उपस्थित गराइँदैछ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भए पछि फरार रहेका रायमाझी हिजो बुढानीलकण्ठस्थित निवासबाट पक्राउ परेका थिए ।

उनलाई आज अदालतमा उपस्थित गराउन लागिएको प्रहरीले जनाएको छ। पक्राउ परे लगत्तै मेडिकल जाँच गरी उनलाई लैनचौरस्थित प्रहरी हिरासतमा लगिएको थियो।