राप्रपाको केन्द्रीय समिति बैठक आजदेखि सुरु

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आज सोमबारदेखि केन्द्रीय समितिको पूर्ण बैठक काठमाडौंको धूम्रबाराहीमा सुरु हुने भएको छ ।

आगामी जेठ ३ गतेसम्म चल्ने बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, निर्वाचनको समीक्षा, प्रदेश तथा जिल्लामा भएका सांगठनिक गतिविधिको समीक्षा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल गरिने नेता राजाराम श्रेष्ठले जानकारी दिए ।