सीआईबी प्रमुख किरण बज्राचार्यलाई जिम्मेवारीबाट हटाउने तयारी

काठमाडौँ - सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी प्रमुख किरण बज्राचार्यलाई जिम्मेवारीबाट हटाउने तयारी गरेको छ । सुन तस्करीसम्बन्धी जाँचका लागि गठित उच्चस्तरीय आयोगले अनुसन्धानमा गम्भीर त्रुटि औंल्याएपछि उनलाई जिम्मेवारीबाट हटाउने तयारी थालिएको हो ।

उनलाई ब्यूरोबाट हटाउने प्रस्ताव आगामी मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी गृह मन्त्रालयको छ । बज्राचार्य एक वर्षभन्दा अगाडिदेखि सीआईबीको प्रमुख छिन् । आयोगले सुन तस्करीको अनुसन्धानमा गम्भीर त्रुटि औंल्याउँदै सीआईबी प्रमुख बज्राचार्य, एसपी सञ्जयसिंह थापा र डीएसपीद्वय रुगम कुँवर र दुर्गा दाहाललाई कारबाही गर्न सिफारिस गरेको छ ।