एमालेले भोलि युवा दिवस तथा ३ गते मदन–आश्रित स्मृति दिवस मनाउने 

 काठमाडौँ - नेकपा एमालेले भोलि जेठ १ गते युवा दिवस र ३ गते ३०औँ मदन–आश्रित स्मृति दिवस मनाउने भएको छ ।

वैशाख २८ देखि ३० गतेसम्म ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पाँचौँ केन्द्रीय कमिटीको बैठकले विभिन्न कार्यक्रम गरेर दिवस मनाउने निर्णय गरेको हो ।

एमालेले राष्ट्रिय युवा सङ्घ नेपालको स्थापना दिवसको सन्दर्भ पारेर प्रत्येक वर्ष जेठ १ गतेलाई युवा दिवसका रुपमा मनाउँदै आएको छ । दिवसका सन्दर्भमा भोलि आयोजना हुने विशेष कार्यक्रमलाई भव्य रुपमा सफल पार्न सबै जजनसङ्गठनहरु र आम जनसमुदायलाई समेत आह्वान गरिएको छ ।