संसदीय समिति बाँडफाँटमा तीन पार्टीका शीर्ष नेताहरूबिच सहमती

काठमाण्डौँ - तीन पार्टीका शीर्ष नेताहरूले संसदीय समिति बाँडफाँटमा भागवण्डा मिलेको छ । प्रमुख प्रतिपक्षी दललाई तीनवटा समिति सभापति दिने र अरु समितिहरू सत्तारुढ गठबन्धनका दलहरूले भाग लगाउने सहमति भएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताएका छन् । 

एमालेले सार्वजनिक लेखा, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व र अर्को एउटा समिति पाउने भएको छ । 

अघिल्लो संसद अधिवेशनमै संवैधानिक परिषद्सम्बन्धी विधेयक, संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा एमाले लचिलो हुने सर्तमा तीन समिति दिने समझदारी भएको थियो । तर, फाष्ट ट्रयाकबाट ती विधेयक अघि बढाउन एमाले तयार नभएपछि सहमति टुटेको थियो ।