जातीय भेदभाव सम्बन्धी कसुरमा पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ

काठमाडौँ ।  झापाको हल्दीबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय, अनारमनीले गिरीलाई शनिबार साँझ नियन्त्रणमा लिएको हो।

उनीविरुद्ध जातीय भेदभाव तथा अपमानसम्बन्धी व्यवहार कसुरमा जोहेरी दर्ता भएको थियो। जिल्ला समन्वय समिति, झापाका पूर्व प्रमुख सोमनाथ पोर्तेलले गिरीविरुद्ध चैत २८ गते जाहेरी दिएका थिए।

सोही जोहरीका आधारमा प्रहरीले गिरीलाई बिर्तामोडबाट नियन्त्रणमा लिइएको झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।

चैत १८ गते हल्दीबारीमा पार्टीको बैठक सकेर फर्किएका पोर्तेललाई गिरीले फोनबाट गालीगलौच गर्दै जातीय विभेद, अपमान हुने गरी अभिव्यक्ति दिएका थिए।